Posts

Showing posts from March, 2017

यस स्तुतिबाट छिट्टै प्रसन्न हुन्छन् भोलेनाथ…

Image
भगवान शङ्कर भक्तालुहरूको प्रार्थनाबाट छिट्टै नै प्रसन्न हुन्छन्। यसै कारण उनलाई ‘भोलेनाथ’ वा ‘आशुतोष’ पनि भनिन्छ। हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा भोलेनाथका कैयौँ स्तुतिहरू छन्, तर ‘श्रीरामचतिरमानस’को एक चौपाई ‘रुद्राष्टकम’मा उल्लेखित स्तुतिबाट भगवान शिव चाँडै नै प्रसन्न हुने विश्वास गरिन्छ। ‘रुद्राष्टकम’ स्तुति एकदमै भावुक र मधुर वाणीमा रचिएको छ। यसकारण नै शिवका भक्तहरू यो स्तुतिलाई याद गर्छन् र पूजाको समयमा सस्वर पाठ गर्छन्। ‘रुद्राष्टकम’ स्तुति र यसको भावार्थ यस प्रकार रहेको छः नमामीशमीशान निर्वाणरूपं। विभुं व्यापकं ब्रह्मवेदस्वरूपम्॥ निजं निर्गुणं निर्विकल्पं निरीहं। चिदाकाशमाकाशवासं भजेऽहम्॥१॥ (हे मोक्षरूप, विभु, व्यापक ब्रह्म, वेदस्वरूप ईशानदिशाका ईश्वर र सबका स्वामी शिवजी, म हजुरलाई नमस्कार गर्छु। निज स्वरुपमा स्थित, भेदरहित, इच्छा रहित, चेतन, आकाश रूप शिवजी म हजुरलाई नमस्कार गर्छु।) निराकारमोङ्कारमूलं तुरीयं। गिराज्ञानगोतीतमीशं गिरीशम्। करालं महाकालकालं कृपालं। गुणागारसंसारपारं नतोऽहम्॥२॥ (निराकार, ओमकारका मूल, तीनै गुणको अतीत वाणी भएका, ज्ञान र इन्द्रियहरूबाट पर रहेका, कैलाश...

शिवपरिवारः दुई पुत्र मात्रै होइन, शिवजीकी अर्की एक पुत्री पनि छिन्

Image
भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ। भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्। भगवान शिव भगवान शिव परिवारका मूख्य सदस्य हुन्। शिवलाई सृष्टिको प्राण मानिन्छ। शिवबिनाको सृष्टि मृत संसार जस्तै हुन्छ, त्यसैकारण नै उनलाई ‘कालको पनि काल- महाकाल’ भनिन्छ। ब्रह्मा, विष्णु र शिवका नामलाई सृष्टि, पालन र संहारसँग जोडिएपनि तीनै तत्व एकै भएको तथा शिवतत्वले पालनपोषणको काम पनि गर्ने भएकाले शास्त्रीय रूपमा शिव तत्वको महत्व बढि छ। शिवले प्राण पनि दिन्छन्, जीवन पनि दिन्छन् र संहार पनि गर्छन्। भगवान शिवकी पुत्री भगवान शिवकी पुत्रीको नाम ‘अशोक सुन्दरी’ हो। पौराणिक कथा र केहि मान्यताका अनुसार, माता पार्वतीले आफ्नो एक्लोपनलाई टाढा राख्नको लागि ‘कल्पवृक्ष’ (सबैको इच्छा पूर्ण गर्ने रूख) सँग कन्याप्राप्तिको वरदान मागिन्, जसको फलस्वरूप अशोक सुन्दरीको जन्म भयो। अशोक सुन्दरीको विवाह परमपराक्रमी राजा नहूषसँग भएको थियो। माता पार्वतीको वरदा...

सूर्यग्रहणः कुन राशिलाई शुभ कुनलाई अशुभ

Image
बुधबार सूर्यग्रहण लागेको छ । नेपालमा सरकारले सूर्यग्रहणको सार्वजनिक विदा नै दिएको छ । नेपाल सहित विश्वका विभिन्न देशबाट सूर्यग्रहण देखिएको छ । बुधबार दिनभर सूर्यग्रहण जारी रहने खगोलशास्त्रीहरुले जनाएका छन् । सूर्यग्रहण कुन राशिलाई शुभ कुनलाई अशुभः १. मेष: प्रतिष्ठा जोगाउनका लागि खर्च गर्नु पर्ला, तपाइँको उदारताको फाइदा अरुले उठाउन सक्छन् । आर्थिक कारण दौडधुप हुन सक्छ । मौषमी रोग सताउन सक्छ । २. वृष: सूर्यग्रहण शुभ छ । आर्थिक विषमता दुर हुन सक्छ । ३. मिथुन: सम्बन्ध सुधारको योग छ । विद्यार्थीका लागि परीक्षामा सफलता मिल्न सक्छ । बयस्कहरुका लागि मानसिक तनाव बढ्न सक्छ । ४. कर्कट: पारिवारिक झमेला बढ्न सक्छ । आकस्मिक धन हानीको योग छ । व्यापारि तथा प्रोफेशनहरुका लागि अशुभ हुन सक्छ । ५. सिंह: अनावश्यक भाग दौड हुन सक्छ । बाँकि रहेका काम सम्पन्न हुने योग छ । भावनालाई सम्हाल्नुस् । ६. कन्या: समस्या समाधान हुने योग छ । दिउसोका मिटिङहरु सफल हुन सक्छन् । आफू भन्दा माथिकासँग विवाद हुन सक्छ । ७. तुला: बहूमुल्य चिज प्राप्त गर्ने योजना सफल हुने योग छ । मनोरञ्जनका साधन वृद्धि हुनेछ । सवारी चढ्दा भने सावधा...

गणेश भगवानको एउटा मात्रै दाँत छ, याद थियो? कसरी भयो हेर्नुहोस्

Image
त्रीमूर्तीदेव भगवान शिवका पुत्र ‘श्रीगणेश’को बारेमा त सबैलाई थाहा नै छ। गणेश भगवानको टाउको कसरी हात्तीको भयो भनेर पनि हामीले भनिसक्यौँ। अनि गणेशको हरेक तस्विरमा (काल्पनिक नै भएपनि) उनको एउटा दाँत लामो र अर्को भाँच्चिएको देख्न सकिन्छ। यो सायद धेरैले याद गरेका थिएनन् होला। उनको यहि ‘एउटा दाँत’ भएकै कारणले उनलाई ‘एकदन्त देव’ पनि भन्ने गरिन्छ।  आज हामी तपाईँहरूलाई यसैसन्दर्भमा एउटा पौराणिक कथाप्रसङ्ग बताउन गैरहेका छौँ, जसले बताउँछ कि गणेश भगवानको एउटा दाँत कसरी भाँच्चियो?

सच्चा भक्त उही हो, जसले भगवानलाई जहाँ भएपनि जस्तो भएपनि चिन्न सक्छ

Image
‘राधानाथ स्वामी’ (जन्मः सन् १९५० डिसेम्बर ७ जन्मनामः रिचार्ड स्लाभिन) अमेरिकी मूलका भारतीय समाजसेवी हुन्। करीब ४० वर्षदेखि उनी ‘भक्ति योगा’ र आध्यात्मवादका गुरु हुँदै आएका छन्। उनले मुम्बई शहरमा ‘भक्तिवेदान्त हस्पिटल’को पनि स्थापना गरे। उनको समाजसेवा विशेष गरी भारतमा लक्षित छ भने यूरोप र अमेरिकामा पनि उनले कैयौँ समाजसेवी काम गरेका छन्। उनले आफ्नो यौवनकालमा थुप्रै धार्मिक पथहरूको अध्ययन गरे- यहूदी, क्रिश्चियन, इस्लाम र हिन्दु। हुन त ऊ आफै यहूदी परिवारमा जन्मिएका थिए र १९ वर्षको उमेरमा उनले यूरोप र मध्य-पूर्वीय देशहरूको भ्रमण गर्दै त्यहाँका संस्कारको बारेमा बुझ्ने मौका पाए। उनको लक्ष्य भारत थियो र त्यसको लागि उनले हिमालयमा करीब १ वर्ष जति ध्यान गरेर बिताए।“सच्चा भक्त त्यो हो, जसले भगवानलाई जहाँ भएपनि जस्तो भएपनि चिन्न सक्दछ” हिमालय बसाईको क्रममा, राधानाथ सँधै ‘नारायण प्रसाद’ नाम गरेका एक साधुसँग ‘मोहम्मद’लाई भेट्न जान्थे। मोहम्मद नारायणप्रसादका असल मित्र थिए। यसरी हरेक दिन नारायण प्रसाद, जो सच्चा रामभक्त हिन्दु थिए; मोहम्मद- मुस्लिम र राधानाथ स्वामी- यहूदी एकैठाउँमा बसेर एक-अर्का...

रावणको मृत्युपश्चात के भयो मन्दोदरीको जीवनमा?

Image
हिन्दु धर्मग्रन्थ रामायणमा लङ्कापति रावणकी पत्नी ‘मन्दोदरी’लाई सुन्दरी, धार्मिक र नैतिकवान स्त्रीको रूपमा वर्णन गरिएको छ। उनी रावणकी धर्मपत्नी हुन। उनी आफ्ना पतिलाई सदा सत्य र धर्मको बाटो हिँड्न सुझाब दिन्थिन्। रावण आफ्नो शक्तिको अहंकारले भरिएका थिए। जब रावणले रामकी पत्नी सीतालाई हरण गरेर लङ्कामा ल्याएका थिए, तब मन्दोदरी बनेकी थिइन। सो कार्य अनैतिक भएको मन्दोदरीलाई थाहा थियो। बारम्बार सीतालाई रामकै साथमा छोडिदिन रावणसँग आग्रह गर्थिन्। श्रीराम, उनकी पत्नी सीता, भाई लक्ष्मण, भक्त हनुमान, बाँनर सेना, राक्षस राजा रावण, लंकाको युद्ध, रामको विजय, रावणको मृत्यु, त्यसपश्चात रावणकी पत्नी मन्दोदरीको जीवमा के के भयो? मन्दोदरी आफ्नो पति रावणको मृत्यु पश्चात कसरी रहिन्? दाईको पक्ष छोडी सत्यको पक्ष लिएका विभिषणलाई लङ्काको राजा बनाएपछि उनले के गरिन्? आजको धर्म अङ्कमा: १. अप्सरा मधुरा र भगवान शिव शिव पुराणमा एउटा कथाप्रसङ्ग उल्लेख गरिएको छः एक दिन माता पार्वती कैलाश पर्वतमा नभएको बेला मधुरा नामकी एक अप्सरा त्यहाँ पुगिन् र शिवजीलाई ध्यान गरिरहेको अवस्थामा देखिन्। शिवको गहिरो ध्यान अनि उनको उन्मत्त शरीर...

रिस उठेको बेला गर्नै नहुने ३ काम

Image
यदि तपाइँको कसैसँग झगडा पर्‍यो वा मुड खराव भयो भने यसको विभिन्न खराव प्रभाव हुन सक्छ । यसले तपाइँको काम गर्ने क्षमता समेत कमजोर बनाइदिन्छ । समय समयमा उत्पन्न हुने आक्रोशले दिमागले पुरै काम गर्दैन । यस्तो बेलामा कतिपय काम गर्नु भन्दा नगर्नु उत्तम हुने विज्ञहरु बताउँछन् । के हुन् रिस उठेको बेला गर्न नहुने ३ काम १- रिसाएर नसुत्नुस् भनिन्छ रिसाएर ओच्छ्यानमा जानु हुँदैन । रिसको झोंकमा ओच्छ्यानमा जानु भो भने तपाइँको रिस घट्ने होइन स्थिर रहने एक अध्यनले देखाएको छ । जर्नल अफ न्यूरो साइन्सका अनुसार तपाइँको रिसाएको मुड सुतेपछि कम हुनुको साटो स्थिर हुन्छ र लम्बिन्छ । सामान्यतः सुतेर रिस शान्त हुने ठानिएपनि ठिक उल्टो हुने यो अध्यनको निष्कर्ष छ । २- सवारी नचलाउनुस् रिसाएको मुडमा गाडी चलाउँदा तपाइँ दुर्घटनामा पर्ने तिव्र सम्भावना हुन्छ । रिसाएको अवस्थामा सवारी चलाउनेहरुले सडक नियम उल्लङ्घन गर्ने र आफूलाई जोखिममा पार्ने अध्यनको निष्कर्ष छ । रिसाएको समयमा आक्रामक स्वभाव प्रवल हुने हुँदा गाडी नचलाउनु राम्रो भएको जर्नल अफ न्यूरो साइन्सको सुझाव छ । रिसले आफ्नो देख्ने र सोंच्ने सक्ति समेत खुम्चा...

समुन्द्रमुनी द्वारका, कृष्ण बने आफ्नै वंशनाशको का

Image
महाभारतको युद्धमा सबैले कौरवको हार र पाण्डवको जित भएको कथा मात्रै सुनेका छन्। तर हरेक कथाको दुईटा पाटा हुन्छ। अधिकांशलाई सायद यो थाहा छैन होला कि कृष्णको मृत्यु, यादव वंशको विनाश र द्वारका नगरको सर्वनाशको कारण पनि महाभारतको युद्ध नै थियो। कतिपयले कता-कता पढेका अथवा सुनेका हुन सक्छन् कि रानी गान्धारी (दुर्योधनकी माता)को श्रापको कारण कृष्णको मृत्यु भएको थियो, तर कथाको विश्वास गर्ने हो भने कृष्णको एउटा मूख्य अङ्ग अझै पनि पृथ्वीमा नै छ र यो कसैलाई थाहा छैन। आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई महाभारतपश्चातको कथा, कृष्णको मृत्युको कथा अनि कृष्णको मुटुको रोचक कथा पनि भन्न गैरहेका छौँः १. महाभारतको विध्वंश महाभारत युद्धको अन्तिम दिनमा पाण्डवहरूले जितेर पनि आफ्नो जितको खुसी मनाउन सकिरहेका थिएनन्। उनीहरूले पनि आफ्ना कलिलै उमेरका छोरा, भाइ-भारद्वाजहरू लगायत अन्य सैयौँ निर्दोष योद्धाहरू गुमाएका थिए। युद्धमैदान यस्तो निर्मम थियो कि कृष्णको मन समेत उराठलाग्दो भएको थियो। युद्धपश्चातको कहालीलाग्दो मैदानमा कहिँ परबाट आएको चित्कारलाई पाण्डव र कृष्णले सजिलै सुन्न सक्थे। केहि क्षणमै उनीहरूले थाहा पाए कि त...

राक्षसलाई दिए अनौठो वरदान, यसकारण शिवलाई भनिन्छ भोलेनाथ

Image
राक्षस होस् या देवता होस् या कुनै सामान्य मानिस नै किन नहोस्, शिवजी आफ्ना भक्तलाई कहिल्यै पनि भेदभाव गर्दैनन्। यदि कसैले सच्चा मनले उनलाई याद गर्छन् र स्तुती गर्छन् भने शिवजी उसबाट सजिलै प्रसन्न हुन्छन् र उनको हर मनोकामना पुरा गरिदिन्छन्। यसैकारण शिवका भक्तहरू उनलाई ‘भोलेनाथ’ भन्ने गर्छन्। हिन्दु धर्मग्रन्थमा यस्ता कैयौँ कथाप्रसङ्गहरू उल्लेख छन् जहाँ शिवजीले भयङ्कर राक्षसलाई समेत शक्तिशाली वरदान दिएका छन्। १. भष्मासुरको वरदान कुनै समयमा भष्मासुर नामको एक राक्षस दुनियाकै सबैभन्दा शक्तिशाली असुर बन्न चाहन्थे र दुनियाको शासन गर्न चाहन्थे। भष्मासुर शिवजीका भक्त पनि थिए। त्यसैले शिवलाई खुसी बनाउन उनले कडा तपस्या गर्ने विचार गरे। भष्मासुरको कडा तपस्या र ध्यान देखि शिव प्रसन्न भए र तपस्या गरिरहेकै ठाउँमा आई भष्मासुरलाई वरदान माग्न आदेश दिए। भष्मासुरलाई पनि संसारको शासन गर्नुथियो र त्यो तब मात्रै सम्भव हुन्छ जब ऊ अमर बन्छ। यसैले उनले शिवसँग अमर हुने वरदान मागे। शिवले यो असम्भव हुन्छ, जसले जन्म लिन्छ उसको मृत्यु निश्चित हुन्छ भनेर भष्मासुरलाई अर्कै वरदान माग्न भने। भष्मासुरले पनि त्यसको बदला ‘ज...

संसारकै सबैभन्दा ठूलो आश्चर्य कुरा के हो? महाभारतको रोचक कथा

Image
महाभारतका अनुसार एक समयको कुरा हो, जब पाण्डवहरू वनमा शिकारको लागि हिँडिरहेका थिए र घुम्दा घुम्दै उनीहरूलाई मज्जाले तिर्खा लाग्छ। पाण्डवहरूका सबैभन्दा कान्छो भाई सहदेव पानी खोज्न हिँड्छन् र उनले छिट्टै नै एक तलाउ भेट्छन्। तिर्खा लागेको बेलामा पानी देखेपछि सहदेवले हतार-हतार पानी पिउन खोज्दै गर्दा एक यक्ष त्यहाँ आइपुग्छन् र उनको प्रश्नको उत्तर दिएपछि मात्रै पानी पिउनु भन्ने सुझाव दिन्छन्। तर सहदेवले त्यस यक्षको कुरा नै नसुनी पानी पिउँछन् र त्यहिँ मुर्छा परेर बेहोस हुन्छन्। यसरी नै नकुल, भीम र अर्जुन पनि पानी खोज्दै आउँदा सोहि ठाउँमा आएर यक्षको प्रश्नको उत्तर नै नदिई पानी पिएर बेहोस हुँदै जान्छन्। त्यसपछि सबैभन्दा अन्तिममा त्यहाँ जेठो पाण्डव धर्मराज युधिष्ठिर आइपुग्छन् र उनलाई पनि यक्षले प्रश्नको उत्तर दिएरमात्रै पानी पिउन भन्छन्। त्यसपछि युधिष्ठिर भन्छन्- “हे देव! विचार नै नगरी काम नगर्ने मेरा भाईहरूको हालत मैले हेरिरहेछु। त्यसैले हजुरको प्रश्नको उत्तर नदिएसम्म म पानी पिउँदिन। हजुर प्रश्न सोध्नुहोस्।” यक्षले प्रश्न सोध्छन्- “किमाश्चर्यम् यानिकी संसारमै सबैभन्दा ठूलो आश्चर्य कुरा के हो?” य...

कृष्णले अर्जुनलाई कर्णको वध गर्न किन बाध्य बनाए ?

Image
पुराणको अनुसार, महाभारतको युद्ध अधर्मलाई नष्ट गरी धर्मको स्थापना गरेको महा युद्ध थियो। युद्धको क्रममा अनेकौँ घटनाहरू भएका थिए, जसले कथालाई अझ बढि विवादास्पद र जटिल बनाएको छ। युद्धकै क्रममा कृष्णले कैयौँ चोटि अर्जुनलाई धर्म बचाउनको लागि परम्परागत नियमलाई तोड्नुपर्छ भनेर सुझाब दिएका थिए। कर्णलाई मार्नु पनि यसैको एउटा हिस्सा थियो। सूर्यपुत्र कर्ण, जन्मिँदै सुनको कवच र कुण्डल पहिरिएर जन्मिएका, जसको सुरक्षाले उनलाई कसैले घाउ पनि लगाउन सक्दैनथ्यो। त्यसमाथि कर्णसँग पुरुषमा हुनुपर्ने सबै गुणहरू थियो। जसको कारण युद्धमा उनलाई हराउनु लगभग असम्भव नै थियो। तथापी, युद्धको बेलामा कर्णले आफूलाई लागेको तीन वटा श्रापको असर भोग्नुपर्यो- गुरु परशुराम, इन्द्रदेव र भूमीदेवी। कर्णको यहि दुर्भाग्यलाई युद्ध जित्ने मौका बनाएका कृष्णले अर्जुनलाई कर्णको वध गर्न बाध्य बनाए। कर्णलाई आफ्ना गुरु परशुरामले ‘चाहिएको बेलामा शस्त्रअस्त्रको विद्या बिर्सनुपरोस्’ भनेर श्राप दिएका थिए। इन्द्रदेवले जालझेल गरी कर्णको कवच र कुण्डल लुटेका थिए र त्यसको बदला केवल एकचोटि मात्र प्रयोग गर्न मिल्ने इन्द्रास्त्र दिएका ...

बच्चाले हानेको ढुङ्गाले लागेपछि बुद्धले रुँदै यसो भने…

Image
एकदिन जङ्गलको एउटा आँपको रूखमुनी गौतम बुद्ध आराम गरिरहेका थिए। त्यसैबेला एक हुन बच्चाको समूह आएर आँपको रूखमा ढुङ्गा हान्दै आँप झार्न लागे। दुर्भाग्यवश उनीहरूले हानेको एउटा ढुङ्गाले बुद्धको टाउकोमा लाग्यो र रगत निस्किन थाल्यो। अब बुद्धले हामीलाई गाली गर्ने भए भनेर ती बालकहरू डराउन लागे। तर बुद्ध रिसाउनुको सट्टा झन् आँखाबाट आँशु निकाल्दै रुन थालेपछि भने ती बालकहरूले बुद्धको पाउ समात्दै उनीसँग माफि माग्न थाले। उनीहरूमध्ये एक बालकले भने- “हे महापुरुष! हामीबाट ठूलो भूल भयो हामीलाई क्षमा गर्नुहोस्। हाम्रो कारणले हजुर रुनुपर्यो।” त्यसपछि बुद्धले भने- “हे बालक, मलाई ढुङ्गाले लागेर म दुःखी भएको होइन। म यसकारण दुःखी छु कि तिमीहरूले आँपको रूखलाई ढुङ्गा हान्यौ र त्यसले तिमीलाई मीठो फल दियो, तर मलाई ढुङ्गाले हानेपछि मैले तिमीहरूलाई केवल डर दिन सकेँ। मलाई क्षमा गर बालक!” निश्कर्ष:- बुद्धको यो कहानीबाट के सिक्न सकिन्छ भन्दा, हामीले जे काम गरेपनि त्यसको फल अवश्य मिल्छ, चाहे त्यो राम्रो होस् या नराम्रो। अर्को कुरा भनेको हामीले यदि कुने भूल गरेका छौँ भने डराउनुहुँदैन, त्यसको खुलेर सामना गर्नुपर्दछ र य...

हिन्दु धर्ममा ‘१०८’ अङ्कको महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ

Image
कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ? हिन्दु धर्ममा जसरी ‘ऊँ’ अक्षरलाई पवित्र मानिन्छ, त्यसको प्रतिष्ठा गाइन्छ, त्यसरी नै ‘१०८’ अङ्कको एकदमै ठूलो महत्व रहेको छ। अझै शास्त्रविदहरू त के पनि भन्छन् भन्दा ‘कुनै पनि मन्त्र जप गर्दा होस् या पूजा पाठ गर्दा होस्, फल पाउनको लागि १०८ दाना भएकै रुद्राक्षमालाले जप गर्नुपर्छ। यी सबै तथ्यहरू सुन्दा अब तपाईँको मनमा पनि हलुका खुल्दुली भैसक्यो होला कि ‘हिन्दु धर्ममा १०८ को महत्व के छ त? आउनुहोस्, जानौँ के रहेछ त १०८ को महत्व?     सर्वप्रथम त, सूर्यको व्यास (Diameter) पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ। अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ।     पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ।     आयुर्वे...

विश्वका सबैभन्दा ठूला १० हिन्दु मन्दिर

Image
हिन्दु धर्ममा ‘मन्दिर’ शब्दले ठूलै महत्व बोकेको छ। मन्दिर भनेपछि देवताको मूर्ती भएको भवन होइन, यो त भक्तजनहरूको साधना गर्ने ठाउँ हो, उनीहरूको मनलाई शान्ति मिल्ने ठाउँ हो। मन्दिरला‌ई वैज्ञानिक हिसाबले पनि महत्वका साथ हेरिन्छ। मन्दिर जाँदा धेरै कुरामा फाइदा हुन्छ भनेर विज्ञानले समेत प्रमाणित गरिसकेको छ। संस्कृतम्यागेजिनमा प्रकाशित यस सूचीमा अधिकांश मन्दिरहरू भारतमा अवस्थित छन् भने नेपालबाट पशुपतिनाथलाई यो सुचिमा राखिएको छ।   पशुपतिनाथ मन्दिर, काठमाडौँ- नेपाल नेपालको राजधानी काठमाडौँ जिल्लामा अवस्थित ‘पशुपतिनाथ’ मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एकमा पर्दछ। यहाँ मूख्य गरी शिवजीको पूजा हुने गर्दछ, त्यसैले गर्दा नै पशुपतिनाथलाई शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर २४० हेक्टर (४,७९२ रोपनी)को जग्गामा फैलिएको छ। साथै पशुपतिनाथको मन्दिरलाई सन् १९७९ मा यूनेस्कोले सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्...

द्रौपदीको नजरबाट पाण्डवहरूको वर्णन

Image
महाभारत काव्यमा कुल १८ वटा पर्वहरू (भाग) छन्, जसमध्ये ‘वन पर्व’ तेश्रो पर्व हो र यो महाभारत काव्यकै सबैभन्दा लामो पर्व हो। यस पर्वमा पाण्डवहरूले १२ वर्षको वनबासको बारेमा वर्णन गरिएको छ भने त्यहाँ उनीहरूले के-कस्ता पाठ सिके भनेर पनि बयान गरिएको छ। वन पर्व मामा शकुनी र कौरवतर्फका दाई दुर्योधनको जालझेलबाट पाण्डुका पाँच पुत्र पाण्डवहरूले जुवामा सबै कुरा हारेपछि उनीहरूलाई इन्द्रप्रस्था राज्यबाट १२ वर्षको लागि वनबास सजाय मिल्यो। पाण्डवहरूको नाम, जेठोबाट कान्छोसम्म क्रमैसँग: युधिष्ठीर, भीम, अर्जुन, नकुल र सहदेव हो।यो पर्वमा द्रौपदीलाई २ वटा नामले पुकारिएको छ, कृष्णा (अर्थ- काली) र यज्ञसेनी। उनलाई कुनै दोष नभएकी, ठूल्ठूला नयन र सुन्दर दाँत भएकी अनि चम्किलो द्रव्य र वस्त्र लगाएकी नारीको रूपमा वर्णन गरिएको छ। पृष्ठभूमी इन्द्रप्रस्थाबाट निर्वासनमा निस्किएका पाण्डवहरू सुरुमा ‘काम्यक’ वनमा पुगे र केहि दिनको आरामपश्चात द्रौपदीलाई कुटिमा एक्लै छाडि पाँचै भाई उनीहरूसँग आएका ब्राह्मणहरूका लागि भोजनको बन्दोबस्त गर्न जङ्गल चहार्न निस्किए। संयोगवश सोहि दिन सिन्धुका राजा वृद्धक्षेत्रका पुत्र ‘जयद्रथ’ पनि आ...

विष्णुको सवारी गरुड- तर सर्वशक्तिमान भगवानलाई किन चाहियो सवारी?

Image
विज्ञानले पनि उपलब्ध गर्न नसकेको प्रविधि भगवानहरूले उपयोग गर्ने गर्छन्। कुनै एक ठाउँबाट अन्तर्ध्यान भएन अर्को ठाउँमा उत्पत्ती हुन सक्ने भगवानहरूको शक्ति हुन्छ, यस्तो धार्मिक ग्रन्थहरूमा उल्लेख छ। त्यति मात्र कहाँ हो र, भगवानहरू त हावामै कुनै सहारा बिना नै उँडेको बयान गरिएको छ। फेरि सबै सर्वशक्तिमान देवीदेवताहरूको आ-आफ्नै वहान (सवारी) भएको पनि ग्रन्थहरूमा उल्लेख छ। जस्तै; भगवान विष्णु गरुडको सवारी गर्छन् भने इन्द्रदेव ऐरावत हात्तीको सवार गर्छन्। कहिल्यै सोँच्नुभएको छ कि कुनै भगवानले किन आफ्नो लागि त्यहि खास सवारी चुने? यसको पछाडि आध्यात्मिक, वैज्ञानिक र व्यवहारिक कारणहरू छन्। आउनुहोस्, जानौँ कसरी:- १. भगवान विष्णु र गरुड गुरुड एक जादुमयी र पौराणिक प्राणी हो। गरुडलाई अधर्म माथि धर्म र असत्य माथि सत्यको अधिकार स्थापना गर्ने प्राणी भनेर चिनिन्छ, त्यसैले नै गरुडलाई ‘दिव्य शक्ति र अधिकार’को प्रतीक मानिन्छ। श्रीमद्भागवतगीतामा भनिएको छ कि भगवान विष्णुमा नै सारा संसार समाहित छ, मतलब यो सारा ब्रह्माण्डका कण-कणमा भगवान विष्णु अवस्थित छन्। यो सारा संसारमा भगवान विष्णुकै आधिपत्य छ, अधिकार छ। त्य...

हिन्दु धर्ममा ३३ करोड देवता छन् भन्छन् नि, के यो सत्य हो?

Image
नेपालमा एउटा प्रचलित भनाई छ- “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन्!” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ करोड देवताहरू भएको उल्लेख गरिएको छ। तर, के यो सत्य हो? हिन्दु धर्मको वेदले भन्छ कि यो सत्य होइन! त्यहाँ केवल ३३ वटा मात्रै देवताहरू छन् तर त्यसमा ब्रह्मा, विष्णु र महेश्वर जस्ता देवताहरू पर्दैनन्। उपनीषदमा पनि ‘परमात्मा ब्राह्मण’लाई नै परम वास्तविकता भनिएको छ। ब्राह्मण भनेको ‘ब्राह्मण जाति’ होइन, ‘एक मूल देवता’ नै ब्राह्मण हो। हिन्दु धर्मका ग्रन्थहरू सबै कविताको शैलीमा रचिएका छन्। त्यसैले यो सारा ब्रह्माण्डको असीमिततालाई छन्दमा ढाल्न खोज्दा ३३ करोड भनिएको हो। संस्कृत भाषामा ‘कोटि’ शब्दको दुई वटा अर्थ हुन्छ: १. करोड र २. प्रकार। विभिन्न ग्रन्थहरूमा ‘त्रैअस्त्रिंसा देव’ (३३ कोटि) भनेर उल्लेख गरिएको छ, तर यसको मतलब ३३ करोड देवता होइन कि बरु ३३ प्रकारका देवताहरू छन् भन्न खोजिएको हो। कसरी? यो कुराको पुष्टि ‘वृहदआरण्यक उपनीषद’बाट गर्न सकिन्छ। यो उपनीषदमा प्राचीन सिन्धु पर्वतमा एक साधुले गहिरो ध्यानबाट पुरातन विचार र दर्शनको वर्णन गरेको...

कालीको जन्मको कथासँग कसरी मिल्छ विज्ञान?

Image
कालोनिलो वर्ण भएकी १० हातमा राक्षसको टाउको र अस्त्र धारण गरेर २ हातले रगत थापेकी, शिवको छात्तीमा टेकेकी ‘महाकाली’ को तस्विर देखेकै हो। उनको यस्तो भयंकर अनि डरलाग्दो रूप त्यसमाथि रगत पिएको भए पनि उनलाई देवीको रुपमा लिइन्छ। कतिले उनलाई शिवकै क्रोधको रूप पनि मान्छन् भने कत्तिले पार्वतीको वास्तविक रूप ठान्छन्। तर, यथार्थ के हो? कसरी भयो यस्तो डरलाग्दो भयंकर कालीको जन्म? के उनी खराब देवी हुन्? हरेक आत्मामा असल र खराब गुण हुन्छ भनेर धर्मले नै बयान गरेको छ। यो सब व्यक्तिको कर्मले निर्धारण गर्ने कुरा हो। यो सिद्धान्त ‘तान्त्रिक विद्या’मा पनि लागू हुन्छ। हुन त तन्त्रलाई कालो विद्या पनि भनिन्छ, तर यहि कालो विद्या मानिसको हीतको लागि पनि प्रयोग गर्न सकिन्छ।   कालीको जन्म कसरी भयो? अन्धक नामक एक भयंकर शक्तिशाली व्यक्तिसँग शिवको युद्ध हुँदा कालीको जन्म भएको थियो। ‘अन्धक’ एक अन्धा व्यक्ति थिए, जसको जन्म शिवको पसिनाको थोपाबाट भएको मानिन्छ। शिवको पसिनाको थोपा भुइँमा खस्ने बेला उनले आँखा चिम्लेको हुनाले नै अन्धा अन्धक जन्मेका थिए, जसलाई अन्धकार, घृणा र अहङ्कारसिवाय अरू केहि थाहा थिएन। साथै पसिना...

जब शिवले आफ्नै घर बद्रिनाथ छाड्नुपर्यो..

Image
उत्तरी भारतको उत्तराखण्डमा पर्ने ‘बद्रिनाथ’ भगवान शिवको मन्दिर हो र त्यहाँ हजार वर्षभन्दा पहिले भगवान शिवको बासस्थान थियो भन्ने त्यहाँका बासिन्दाहरू विश्वास गर्दछन्। यसै मन्दिरसम्बन्धि एक किंबदन्ती कथामा कसरी भगवान विष्णुले शिव र पार्वतीलाई झुक्याए भन्न खोजिएको छ। बद्रिनाथ, जहाँ स्वयं भगवान शिव र पार्वती देवी बस्ने गर्थे, एकदमै सुन्दर तीर्थस्थल हो। यो मन्दिर हिमालय क्षेत्रको करीब १० हजार फिटको उचाईमा अवस्थित छ। पौराणिक कथाका अनुसार, एक दिन ऋषी नारदमुनी नारायण भएको ठाउँमा गए र गाली गर्न थाले- “तिमी भगवानको नाममा कलङ्क हौ। जहिले अधिशेष (शेष नागको ओच्छ्यान) मा बस्छौ अनि तिम्री पत्नी लक्ष्मीले पनि तिम्रो स्याहारसुसार गर्दागर्दै तिमी पुल्पुलिसकेका छौ। तिमी मानवजातिको लागि एक खराब उदाहरण बन्दै छौ। यदि तिमी आफ्नो र मानवजातिको भलो चाहन्छौ भने कुनै अर्थयुक्त कर्म गर।”When Shiva Lost His Own Home नारदमुनीको कुराले विष्णु क्रोधित हुनुको सट्टा झन् गम्भीर हुन थाले र आफूलाई साँच्ची नै अर्थहीन ठानेर हिमालय तर्फ साधना गर्न जान्छु भनेर हिँडे। हिमालयमा साधना गर्ने उचित स्थल खोज्दा खोज्दै उनले बद्रिना...