समुन्द्रमुनी द्वारका, कृष्ण बने आफ्नै वंशनाशको का
महाभारतको युद्धमा सबैले कौरवको हार र पाण्डवको जित भएको कथा मात्रै सुनेका छन्। तर हरेक कथाको दुईटा पाटा हुन्छ। अधिकांशलाई सायद यो थाहा छैन होला कि कृष्णको मृत्यु, यादव वंशको विनाश र द्वारका नगरको सर्वनाशको कारण पनि महाभारतको युद्ध नै थियो।
कतिपयले कता-कता पढेका अथवा सुनेका हुन सक्छन् कि रानी गान्धारी (दुर्योधनकी माता)को श्रापको कारण कृष्णको मृत्यु भएको थियो, तर कथाको विश्वास गर्ने हो भने कृष्णको एउटा मूख्य अङ्ग अझै पनि पृथ्वीमा नै छ र यो कसैलाई थाहा छैन।
आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई महाभारतपश्चातको कथा, कृष्णको मृत्युको कथा अनि कृष्णको मुटुको रोचक कथा पनि भन्न गैरहेका छौँः
१. महाभारतको विध्वंश
महाभारत युद्धको अन्तिम दिनमा पाण्डवहरूले जितेर पनि आफ्नो जितको खुसी मनाउन सकिरहेका थिएनन्। उनीहरूले पनि आफ्ना कलिलै उमेरका छोरा, भाइ-भारद्वाजहरू लगायत अन्य सैयौँ निर्दोष योद्धाहरू गुमाएका थिए। युद्धमैदान यस्तो निर्मम थियो कि कृष्णको मन समेत उराठलाग्दो भएको थियो।
युद्धपश्चातको कहालीलाग्दो मैदानमा कहिँ परबाट आएको चित्कारलाई पाण्डव र कृष्णले सजिलै सुन्न सक्थे। केहि क्षणमै उनीहरूले थाहा पाए कि त्यो आवाज अरू कसैको नभएर स्वयं रानी गान्धारीको थियो। आफ्नो जेठो पुत्र दुर्योधनको निर्जीव शरीरलाई अन्तिम चोटि अँगाल्दै गान्धारी मुटु फुट्ने गरी रुँदै थिइन्।
२. गान्धारीको श्राप
जब पाण्डव र कृष्ण आफूलाई भेट्न आएको गान्धारीले थाहा पाइन्, तब पीडामा जलेकी उनले उठेर कृष्णप्रति आफ्नो आक्रोश पोख्न थालिन्- “हे कृष्ण! हे द्वारका पति! हे विष्णुअवतार! मैले हर दिन तिम्रो पुजा गरेँ, आरधना गरेँ, तर तिमीले के दियौ? मेरा १०० पुत्रको लास! तिम्रो महान शक्ति र ज्ञानको के काम लाग्यो, जब तिमीले यति युद्ध पनि रोक्न सकेनौ! आफ्नै सृष्टिलाई तिमीले यसरी किन ठग्यौ? मैले हरेक दिन, हरेक पल तिमीलाई बिन्ती गरेँ कि यो विनाशलाई पार लगाइदेउ। के मेरो प्रार्थनाको उत्तर यहि हो प्रभू? मेरो पीडा जान्न चाहन्छौ? जाउ गएर तिम्रो मातालाई सोध कि आफ्नो पुत्रवियोगको पीडा कस्तो हुन्छ भनेर! उनले त आफ्ना ७ वटा पुत्रको जन्मनेबित्तीकै मृत्यु देख्नुपरेको थियो, तर मैले मेरा सय पुत्रलाई मेरै अगाडि लास बनेको देख्नुपर्यो।”Krishna's Death 11570917
गान्धारीको आक्रोशमा कृष्णले नरम भएर मुस्कानका साथ भने कि उनले दुर्योधन र अन्य भाइलाई पहिल्यै पनि युद्धको परिणामको बारेमा सम्झाएका थिए।
कृष्णको यस्तो बोलीले गान्धारीको आक्रोश अझ बढ्न थाल्यो र श्राप दिँदै भनिन्- “यदि मेरो विष्णुभक्ति सच्चा थियो भने, यदि मेरो पत्नीभक्ति सच्चा थियो भने, हे कृष्ण! मेरो आँशुको श्रापले तिमी आजको ३६ वर्षमा मर्नेछौ। तिम्रो सारा सन्तान अनि वंशको पनि विनाश हुनेछ। मलाई थाहा छ यादव कुललाई अरू कसैले मार्न सक्दैन, त्यसैले म यो श्राप दिन्छु कि तिम्रो वंशको नाश तिमी आफेले गर्नेछौ, तिम्रो प्यारो द्वारका शहर पनि समुन्द्रले निल्नेछ।”
यति भनेपछि गान्धारी विचलित भइन् र कृष्णको पाउमा मुर्छित हुन पुगिन्। कृष्णले उनलाई बिस्तारै आफ्नो अँगालोमा उठाए र उनको श्रापलाई सहजै स्वीकार गरे।
युधिष्ठीरलाई हस्तिनापूरको राजा घोषित गराई, कृष्ण फेरि द्वारका फर्किए, जहाँ उनले आफ्नो बाँकी रहेको ३५ वर्ष आरामले बिताउने निर्णय गरे।
३. कृष्ण र साम्बा
जब कृष्णकी पत्नी ‘रुकमिणी’ गर्भवती भइन्, तब कृष्णले भगवान शिवसँग उनीजस्तै पुत्र पाउँ भनि आशिर्वाद मागेका थिए। त्यसैको कारण ‘साम्बा’को जन्म भयो।
कृष्णलाई थाहा थियो कि समय आएपछि आफैले यादव वंशको विनाश गर्नुपर्नेछ।
तर यादव वंशले यति सुखमय जीवन बिताइरहेका थिए कि उनीहरूले नम्रता, प्रेम, अनुशासन र नैतिकताको मूल अर्थ नै बिर्सिसकेका थिए। र जब गान्धारीको श्रापको असर सुरु हुन थाल्यो तब एउटा अनौठो घटना घट्यो।
४. द्वारकामा सप्तर्षीको आगमन
हिन्दु धर्मको पहिलो मानिस- ‘मनु’को कथा
मत्स्यको आग्रहमा मनु र सप्तर्षीहरू उनीहरूले नै बनाएको डुङ्गामा चढी श्रीकृष्णलाई भेट्न भनेर द्वारका आइपुगे।Krishna's Death 7483317
द्वारका आइरहेका सप्तर्षीहरूलाई देखेर साम्बा र उनका साथीहरू मिलेर उनीहरूलाई जिस्क्याउने निर्णय गरे। साम्बाले स्त्रीको वस्त्र लगाए र पेटमा फलामको पेटि लगाएर गर्भवती बनेको नाटक गरे। उनलाई सप्तर्षीहरूको शक्तिको जाँच गर्न मन थियो।Krishna's Death 64472417
सम्बाले सोधे- “हे महान सन्तमुनी! हजुरको ईश्वरीय शक्तिले मेरो गर्भमा पुत्र छ वा पुत्री छ ध्यान गरेर हेरिदिनुहोस् प्रभो!”
उनीहरूको यस्तो नाटकलाई सजिलै चिनेर एक साधु क्रोधित भए र ‘हे बालक, जे वस्तु तिमीले आफ्नो पेटमा राखेका छौ, त्यहि वस्तु तिम्रो गर्भबाट जन्म होस्’ भनि श्राप दिए।
त्यसैको अर्को दिन, साम्बाको पेट दुखेको कुरा पीता कृष्णले थाहा पाए र हेर्न आउँदा उसको छेउमा एउटा ठूलो फलामको हतियार राखेको देखे। साम्बाका साथीहरूले सप्तर्षीको श्रापको बारेमा कृष्णलाई बेलीबिस्तार लगाए।
कृष्णले तुरुन्तै उक्त फलामको वस्तुलाई धुलो बनाए तर एउटा त्रीकोण आकारको टुक्रा चाहिँ धुलो गराउन नसकेपछि कृष्णले सबै फलामलाई प्रभास नदीमा फालिदिए।
त्यो फलामको धुलो नदीको किनारमा गएर जम्मा भयो र ठूलो, कडा र धारिलो घाँसमा परिवर्तन भयो। तर त्यो त्रीकोण आकारको फलामलाई एउटा माछाले निल्यो, जसलाई एक माझीले मारेर खानेबेलामा उक्त त्रीकोण आकारको फलाम भेट्टाए। उनले त्यो फलामलाई आफ्नो भालाको तीर बनाउन प्रयोग गरे।
५. यादवहरूको युद्ध
एक दिन यादव वंशका सबै परिवारहरू प्रभास नदीको किनारमा भेला भए र रातभरी रमाइलो गर्ने निर्णय गरे। रातैभरी मदिरा पिएर मातमा लट्ठ भएका ‘सत्यकी’ र ‘कृथवर्मा’ (महाभारत युद्ध भाग लिएका योद्धाहरू) युद्धमा एक-अर्काको कामलाई निन्दा गर्दै झगडा गर्न लागे। उनीहरूको झगडामा सारा पुरुषहरू सामेल हुन पुगे र दुई भागमा छुट्टिन लागे- सत्यकी र कृथवर्मा। उनीहरूले एक-अर्कालाई मुक्कामुक्की गर्दा गर्दै ठूलो झगडामा परिवर्तन हुन पुग्यो।
नजिकै बसेका कृष्णले झगडा भएको चाल पाएपछि श्रापको असर सुरु भएको महशुस गरे र किनारमा उम्रेको धारिलो घाँस टिपेर झगडा गरिरहेका पुरुषहरूको बीचमा फ्याँकिदिए। ती पुरुषहरूले पनि त्यहि धारिलो घाँस टिप्दै एक-अर्काको हत्या गर्न थाले। त्यो त्यहि घाँस थियो, जुन कृष्णले फलामलाई धुलो बनाएर नदीमा फ्याँकिदिएका थिए।
बिस्तारै-बिस्तारै सारा यादव पुरुषहरूको विनाश भयो।
६. कृष्णको मृत्यु
आफ्ना सारा वंशको विनाशमा दुःखी कृष्ण त्यहिँ बसिरहेका थिए र एक्कासी उसको खुट्टामा तीर लाग्न पुग्यो। सो तीर त्यहि माझीले कृष्णलाई हरिण सम्झेर टाढाबाट हानेका थिए। माझीले आफ्नो यस्तो भूल देखि घायल कृष्णसँग माफी माग्न थाले। तर कृष्णले सो माझीलाई शान्त गराउँदै पूर्व जन्ममा उनीहरू ‘राम’ र ‘बाली’ भएको सम्झाए।
जब पाण्डवहरू त्यहाँ आइपुगे, त्यतिबेलासम्म कृष्ण र बलराम दुवैको मृत्यु भैसकेको थियो। त्यसपछि पाण्डवहरूले दुवैको मृत शरीरलाई जलाउन लागे। बलरामको नश्वर शरीर त सजिलै जलेर खरानी भयो, तर कृष्णको मुटु बाहेक अन्य सारा अङ्गहरू जलेर खरानी भयो। उनीहरूको अन्तिम संस्कार गरेर अर्जुनले खरानी र कृष्णको जलिरहेको मुटुलाई नदीमा बिसर्जन गरिदिए।
पाण्डवहरूले द्वारकाका सारा स्त्री र बालकहरूलाई हस्तिनापूर लिएर गएपछि गान्धारीको श्रापको असरले द्वारका शहरलाई नदीले निल्न थाल्यो र पुरै शहर पानीमुनी डुब्यो।

Comments
Post a Comment