विष्णुको सवारी गरुड- तर सर्वशक्तिमान भगवानलाई किन चाहियो सवारी?
विज्ञानले पनि उपलब्ध गर्न नसकेको प्रविधि भगवानहरूले उपयोग गर्ने गर्छन्। कुनै एक ठाउँबाट अन्तर्ध्यान भएन अर्को ठाउँमा उत्पत्ती हुन सक्ने भगवानहरूको शक्ति हुन्छ, यस्तो धार्मिक ग्रन्थहरूमा उल्लेख छ। त्यति मात्र कहाँ हो र, भगवानहरू त हावामै कुनै सहारा बिना नै उँडेको बयान गरिएको छ।
फेरि सबै सर्वशक्तिमान देवीदेवताहरूको आ-आफ्नै वहान (सवारी) भएको पनि ग्रन्थहरूमा उल्लेख छ। जस्तै; भगवान विष्णु गरुडको सवारी गर्छन् भने इन्द्रदेव ऐरावत हात्तीको सवार गर्छन्। कहिल्यै सोँच्नुभएको छ कि कुनै भगवानले किन आफ्नो लागि त्यहि खास सवारी चुने?
यसको पछाडि आध्यात्मिक, वैज्ञानिक र व्यवहारिक कारणहरू छन्। आउनुहोस्, जानौँ कसरी:-
१. भगवान विष्णु र गरुड
गुरुड एक जादुमयी र पौराणिक प्राणी हो। गरुडलाई अधर्म माथि धर्म र असत्य माथि सत्यको अधिकार स्थापना गर्ने प्राणी भनेर चिनिन्छ, त्यसैले नै गरुडलाई ‘दिव्य शक्ति र अधिकार’को प्रतीक मानिन्छ।
श्रीमद्भागवतगीतामा भनिएको छ कि भगवान विष्णुमा नै सारा संसार समाहित छ, मतलब यो सारा ब्रह्माण्डका कण-कणमा भगवान विष्णु अवस्थित छन्। यो सारा संसारमा भगवान विष्णुकै आधिपत्य छ, अधिकार छ। त्यसैले भगवान विष्णुको लागि गरुड एकदम उचित सवार हुन जान्छ।
२. गणेश भगवान र मूषक
गणेश भगवानको वहान हो मूषक। ‘मूषक’ संस्कृत शब्द हो र यसको अर्थ हुन्छ- लुट्ने वा चोर्ने काम गर्ने, जुन काम मुसाले गरिरहन्छ। त्यसरी नै मानिसको दिमाग पनि चोर्ने र लुट्ने खालको हुन्छ भनेर अध्यात्मवादमा भनिएको छ। हाम्रो दिमाग स्वार्थ भावनाले भरिएको हुन्छ।Lord Ganesha and his Mouse reading
त्यसैले गणेश भगवान मुसामाथि बस्नुको सङ्केत यो हुन्छ कि उनले स्वार्थलाई पराजय गरेका छन् र जनकल्याणको भावलाई आफ्नो मनभित्र जागृत गरेका छन्।
३. शिव र नन्दी-भृङ्गी
‘नन्दी’ भनेको अर्ना, ‘भृङ्गी’ भनेको भूतप्रेत र पिसाच। भक्तजनबाट सजिलै प्रसन्न हुने शिव भगवान कहिलेकाहिँ भयङ्कर क्रोधित पनि हुन्छन्। साथै सारा संसारको संहार गर्ने काम पनि उनले आफ्नै थाप्लामा राखेका छन्, त्यसको लागि जस्तोसुकै भय, त्रास, पाप, अधर्म अनि असत्यलाई पनि पराजित गर्नुपर्ने हुन्छ।
नन्दीलाई शक्ति, आस्था र भरोसाको प्रतीक मानिन्छ। त्यसैगरी भृङ्गीलाई डर, त्रास, असत्य र अधर्मको प्रतीक मानिन्छ। त्यसैले दयालु स्वभावका अनि असत्य र अधर्मको संहारकर्ता शिवजीले नन्दीभृङ्गीलाई वहान बनाएका हुन्।
४. कार्तिकेय र मयूर
मयूरलाई चञ्चलेपना स्वभावको प्रतीक मानिन्छ, मतलब सानो कुरामा पनि चाँडै नै खुशी हुने र चाँडै नै दुःखी हुने। हिन्दु धर्मग्रन्थमा उल्लिखित कथाका अनुसार कार्तिकेयको साधक क्षमताबाट प्रसन्न भएर भगवान विष्णुले उनको वहान मयूर बनाइदिएका थिए। जसको साङ्केतिक अर्थ हुन्छ कि कार्तिकेयले आफ्नो चञ्चले मनप्रति विजय गरे, त्यसैले नै उनको वहान मयूर भएको हो।
५. दुर्गा माता र सिंह
सिंहलाई त्यसै जङ्गलको राजा भनिएको होइन। सिंह कराएको अथवा घुरेको सुन्नुभएको छ भने थाहा पाउनुपर्ने कि त्यसको आवाजको अगाडि अन्य सबै आवाज कमजोर लाग्छ अनि सबैको मुटुमा कम्पन पैदा गराउँछ। त्यसैले नै सिंहलाई आक्रामकता र सौर्यको प्रतीक मानिन्छ।
दुर्गा मातामा पनि यस्तै गुण झल्किएको ग्रन्थहरूमा उल्लेख छ। आफ्नो तेज, शक्ति र सामर्थ्यले सिंह जस्तो भयङ्कर प्राणीलाई पनि आफ्नो वशमा पारेकी थिइन् दुर्गा माताले। त्यसपश्चात नै सिंहले दुर्गामाताको वहान हुने प्रण गरेको हो।
)
६. सरस्वती माता र हाँस
हाँसलाई पवित्रता र जिज्ञासाको प्रतीक मानिन्छ र ज्ञानकी देवी सरस्वती माताको लागि यो भन्दा उचित वहान अरू के हुन सक्छ र? सरस्वती माता हाँसमा सवार गर्नुको सङ्केत यो हुन्छ कि ‘ज्ञानबाट नै जिज्ञासालाई शान्त गराउन सकिन्छ र पवित्रतालाई जस्ताको तस्तै राख्न सकिन्छ।’

Comments
Post a Comment