संसारकै सबैभन्दा ठूलो आश्चर्य कुरा के हो? महाभारतको रोचक कथा

महाभारतका अनुसार एक समयको कुरा हो, जब पाण्डवहरू वनमा शिकारको लागि हिँडिरहेका थिए र घुम्दा घुम्दै उनीहरूलाई मज्जाले तिर्खा लाग्छ।

पाण्डवहरूका सबैभन्दा कान्छो भाई सहदेव पानी खोज्न हिँड्छन् र उनले छिट्टै नै एक तलाउ भेट्छन्। तिर्खा लागेको बेलामा पानी देखेपछि सहदेवले हतार-हतार पानी पिउन खोज्दै गर्दा एक यक्ष त्यहाँ आइपुग्छन् र उनको प्रश्नको उत्तर दिएपछि मात्रै पानी पिउनु भन्ने सुझाव दिन्छन्। तर सहदेवले त्यस यक्षको कुरा नै नसुनी पानी पिउँछन् र त्यहिँ मुर्छा परेर बेहोस हुन्छन्।

यसरी नै नकुल, भीम र अर्जुन पनि पानी खोज्दै आउँदा सोहि ठाउँमा आएर यक्षको प्रश्नको उत्तर नै नदिई पानी पिएर बेहोस हुँदै जान्छन्।

त्यसपछि सबैभन्दा अन्तिममा त्यहाँ जेठो पाण्डव धर्मराज युधिष्ठिर आइपुग्छन् र उनलाई पनि यक्षले प्रश्नको उत्तर दिएरमात्रै पानी पिउन भन्छन्। त्यसपछि युधिष्ठिर भन्छन्- “हे देव! विचार नै नगरी काम नगर्ने मेरा भाईहरूको हालत मैले हेरिरहेछु। त्यसैले हजुरको प्रश्नको उत्तर नदिएसम्म म पानी पिउँदिन। हजुर प्रश्न सोध्नुहोस्।”

यक्षले प्रश्न सोध्छन्- “किमाश्चर्यम् यानिकी संसारमै सबैभन्दा ठूलो आश्चर्य कुरा के हो?”

यक्षको यस्तो रोचक प्रश्नमा युधिष्ठिरले जवाफमा यस्तो भन्छन्- “हे देव! एक-एक गर्दै मेरा भाइहरू मृत्युको मुखमा परिरहेका छन्, तैपनि म जीवित छु र अझै पनि सोँच्छु कि म कहिल्यै मर्दिनँ। यो भन्दा ठूलो आश्चर्यको कुरा अरू के हुन सक्ला र देव?”

युधिष्ठिरको उत्तरदेखि यक्ष प्रसन्न भएर पानी पिउने आज्ञा दिन्छन् र युधिष्ठिरका चारै भाईहरूलाई पनि बिउँझाइदिन्छन्।

Comments

Popular posts from this blog

सूर्यग्रहणः कुन राशिलाई शुभ कुनलाई अशुभ

सच्चा भक्त उही हो, जसले भगवानलाई जहाँ भएपनि जस्तो भएपनि चिन्न सक्छ

विश्वका सबैभन्दा ठूला १० हिन्दु मन्दिर